अब २४ घण्टापछि आफैं मेटिनेछन् ट्वीट
काठमाण्डौँ, कार्तिक ४
माइक्रोब्लगिङ साइट ट्वीटरले केवल २८० अक्षरयुक्त सादा तथा कडा रवैयायुक्त प्लाटफर्मको आफ्नो स्थापित परिचय बदल्ने तयारी गरेको छ ।
यसअन्तर्गत ट्वीटरले विभिन्न नयाँ फिचरहरु घोषणा गरेको छ । मंगलबार ट्वीटरले गरेको घोषणाअनुसार अब ट्वीटरमा यस्तो फिचर उपलब्ध हुनेछ जसमा प्रयोगकर्ताका ट्वीटहरु २४ घण्टापछि आफैं मेटिने छन् । डिसएपियरिङ ट्वीट्स फिचरसँगै ट्वीटरले अडियो ट्वीटको फिचर पनि घोषणा गरेको छ ।
फेसबुकको स्टोरी फिचर जस्तै २४ घण्टामा ट्वीट आफैं हराउने ट्वीटरको उक्त फिचरको नाम ‘फ्लीट्स’ हो । यस्तो स्टोरिज फिचर सबैभन्दा पहिले सन् २०१३ मा स्नापच्याटले सुरु गरेर निकै लोकप्रिय बनेको थियो । त्यसपछि फेसबुक, इन्स्टाग्राम र युट्युब समेतले यो फिचर सुरु गरे ।
२४ घण्टामा आफैं मेटिने ट्वीट अर्थात् फ्लीट्स अन्य सामान्य ट्वीटभन्दा केही अर्थमा भिन्न रहेको छ । किनकी फ्लीट्समा अरुले ल...






