Friday, March 13
Shadow

ब्यानर समाचार

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको प...
आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आर्थिक, कृर्षि, जिवनसैली, ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ३ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताएका छन् । आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भने। विगतका बर्षमा जस्तै यो बर्षपनि बजारको अवस्था हेरेर मूल्य निर्धारण हुने उनको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता सर्मिला न्यौपानेले यो बर्ष खसी बोका मात्रै बिक्री गर्ने बताइन । यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्यांग्राको बिक्री नगर्ने भएको उन...
काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए । आज देशभर दुई हजार ९४२ कोरोना संक्रमित थपिएका छन् ।...
नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।...
जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्। "कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं," शर्माले घोषणा गर्दै भनेका छन्, "दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।" यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घो...
पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १ प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एक-एक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।...
घटस्थापनाकै दिन किन राखिन्छ जमरा ? यस्तो छ महत्व……

घटस्थापनाकै दिन किन राखिन्छ जमरा ? यस्तो छ महत्व……

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक १ घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको आवाहन पनि गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो । घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (...
अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराध, जिवनसैली, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज ३० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका प्रसंशनीय रहेको बताएका छन् । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् । ‘मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले नै कानूनी शासनको अनूभूति गर्न सकिनेछ । कुनैकुनै कोणबाट टिप्पणी आउनु बेग्लै कुरो हो । नेपाल प्रहरी भएर हामी ढुक्कले निदाउन पाउँछौं । आरामको निन्द्रा’, उनले भने, ‘आलोचना र टिप्पणी गर्नेहरुले पनि निदाउन पाएका छन् । प्रहरीमाथि आत्मविश्वासको सिरानी हालेर सुत्न पाएका छौं ।’ उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् । ‘आगामी दिन चुनौतीपूर्ण रहेको छ...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए । उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ । एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्‍ने (व्यारेक)मा प्र...