Friday, March 13
Shadow

ब्यानर समाचार

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

नेपाली कांग्रेस तारकेश्वर समितिले नगरपालिकालाई बुझायो ९ बुंदे ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर १० नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् । जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न न...
इन्टरभ्यु नेपालको कार्यालय उद्घाटन सम्पन्न (तस्वीरमा)

इन्टरभ्यु नेपालको कार्यालय उद्घाटन सम्पन्न (तस्वीरमा)

ब्यानर समाचार, ब्लोअप, समाचार
काठमाण्डौँ, मंसिर ८ इन्टरभ्यु नेपाल डट कम ब्यु प्लान प्रा.लिद्धारा संचालित नेपालकै पहिलो अन्तर्वातामा आधारित अनलाईन पत्रिका उद्घाटन भएको छ । आम नागरीक सम्म सत्य,तथ्य र निष्पक्ष सुचना, समाचार र जानकारी प्रवाह गर्ने र नेपाली पत्रकारीतामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उदेश्यका साथ संचालनमा आएको छ । समाज परिवर्तनमा योगदान दिएका र सकारात्मक सन्देश प्रवाह हुने खालका व्यक्तिहरुको अन्तर्वातालाई अनलाइनमा प्रकाशन साथै प्रशारण समेत गर्नेछ । काठमाण्डौँ बालाजु १६ कुमारीस्थान स्थीत कार्यालयमा इन्टरभ्यु नेपालका प्रबन्ध निर्देशक दिपेश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकार, विशेष अतिथि वरिष्ठ संचारकर्मी रामकृष्ण रेग्मी, अतिथिहरुमा, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय महासचिव प्रदिप राज वन्त, नुवाकोट विदुर नग...
आज देशभर १६६९ जना कोरोना संक्रमित थपिए

आज देशभर १६६९ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ७ पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ। आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।...
भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

भ्रमपूर्ण समाचार फैलाएको प्रति ककनी गाउँपालिकाको आपत्ति

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर ७ नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्षलाई जोडेर गाउँपालिकामा चरम भ्रष्टचार गरेको भन्ने समाचार भ्रमपूर्ण भएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । शनिवार नवकान्तिपुर डट कम नामक अनलाइनले ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचार प्रकाशन गरेको थियो । जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेको कुरा उक्त अनलाइनमा प्रकाशन गरिएको छ । गाउँपालिकाले आईतबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा राजनैतिक र व्यक्तिगत चरित्र अत्या हुने...
कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ७ पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।...
देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ६ नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।...
काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ६ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् । उनले राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिए ।...
सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ विभिन्न १९ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १९ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । फोहोर मैला व्यवस्थापन तथा यसका समस्याहरु सम्बन्धी विहीबार नुवाकोटको ककनी प्रगतिशील युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीहरुले उक्त माग राखेका हुन् । ...
आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।...
कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पाेखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।