Monday, October 27
Shadow

Author: Interview Nepal

मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार आगामी बजेट

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, ८ जेठ आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टोली बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गर्नुभएको थियो । यस्तै अर्थ मन्त्रालयले पूर्...
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

ब्यानर समाचार 2, समाचार
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता  डा. अब्दुल गनी अल-कूफी   आजको दिन इस्लामी उम्मत र विशेष गरी सिरियाली जनताको लागि आशा, खुशी र नयाँ जीवनको प्रभात बनेको ऐतिहासिक दिन हो। वर्षौंसम्म युद्ध र संकटमा फँसेको सिरियाली जनता आज एउटा उज्यालो भविष्यको ढोका खोल्न पाएका छन्। ती कठोर प्रतिबन्धहरू, जसले सिरियाको अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, ऊर्जा र सामाजिक जीवनलाई अपांग बनाएको थियो, आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को एउटा ऐतिहासिक निर्णयद्वारा हटाइएको छ। र यो महान् निर्णयको पछाडि जो व्यक्तित्व उभिएको छ, ती हुन् साउदी युवराज मोहम्मद बिन सलमान, जसको निरन्तर प्रयास, बुद्धिमत्तापूर्ण कूटनीति र मानवीय संवेदना अन्ततः सफल भएको छ। सिरियामाथि लगाइएका प्रमुख प्रतिबन्धहरू (अब हटाइएका) 1. बैंकिङ हस्तान्तरणमाथि प्रतिबन्ध – व...
निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

समाचार
कपिलवस्तु, बैशाख ३० भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्। हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउबाट समेत सेवा दिइने आयोजकले जानकारी गराएका छन्।...
कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , बैशाख २९  जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर  ट्राभल्स नयाँ व्यवसायी आकर्षित हुन लागेका छन । कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन । कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे । विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड ट्रभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।...
उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । ००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए । ‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही सम...
इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, बैशाख १७  इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परिसरमा मुर्ति स्थापना गरिएकाे पुराेहित शास्त्री रेशम लाल गैरेले बताउनुभयाे । कृष्णनगर नगरपालिका वडा नं २ को सात लाख पचास हजार बजेट टेन्डर प्रक्रिया बाट मन्दिर निर्माण गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए। कार्यक्रममा उद...
समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

समाचार
कृष्णनगर, बैशाख १५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना ४० दिने अभियान कृष्णनगरको सभा हलमा कार्यक्रम समापन गरिएको छ। कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, , अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहेका थिए। वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरिक्षक सुरज खत्रीले, कार्यक्रममा अपराध रोक्न सबैको दायित्व रहेको, गांउघरमा गएर हामी स्थानीएको सहयोगमा सचेतना गराएको, विद्यालयमा समेत विद्यार्थी हरू...
नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

समाचार
नेपालगन्ज बैशाख १३ गते । बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक आमाबुबा तथा कोहलपुर उद्योग व्यापार संघका पदाधिकारीहरुले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाटन गरेको हो ।विगत दुई दशकदेखि नेपालगन्जमा सफलता पूर्वक सेवा प्रवाह गरि लाखौं सेवाग्राहीको मन जित्न सफल भएका आफ्नो पहिलो शाखाको रूपमा मेरो नेपाल स्टोर नामक कोहलपुर एनटिभी रोडनजिक सञ्चालनमा ल्याएका हुन । प्रोप्राइटर हलवाईले विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदै आएको र अब कोहलपुरका ग्रहकको इच्छा अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको हो । हलवाईले आजको मितिबाट एकसाता सम्म भाडामा हुलास स्टील, फेमस स्टील, बेलटरा आदिमा १०% विशेष छुटको वयवस्था गरिएको बताए ।उद्घाटन कार्यक्रममा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, कोहलपुर उद्योग ...
युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

समाचार
  नवलपरासी बैशाख ११   पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामा लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेकाे भातृ सगठन युवा सघ नेपालकाे लुम्बिनी प्रदेश सदस्य मुन्ना सिध्दिकी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।बिद्यार्थी जीवनकाल देखि नेपाल बिद्यार्थी सघ बाट राजनिति सुरु गरेका सिध्दिकि  पछ्छिलाे समय राजनिती ले माेड लिएपछि उनी नेकपा एमालेबाट राजनिती गर्दै अाएका थिए । केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब मुन्ना सिध...
सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

समाचार
  अजय मिश्र, कृष्णनगर, बैशाख १०  सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती  जिवित अवस्थामा गाई उद्बार गरिएको छ। साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद्  सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल...