 काठमाण्डौँ, वैशाख २५
काठमाण्डौँ, वैशाख २५
नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ ।
स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो ।
आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगरपालिकाको सम्झौँतामा २२ हजार घन मिटर भन्दा धेरै उत्खनन गर्न नपाईने भनिएको छ, तर तोकिएको भन्दा बढि उत्खनन भएको पाईएको छ ।
उत्खनन कार्य भएको थाहाँ पाए पश्चात विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकार र प्रहरीको सहभागितामा उक्त कार्य रोकिएको हो । सम्झौँतामा बेलकोटगढि १२ को घोडघाड क्षेत्रमा रहेको नदी जन्य सामाग्री मात्र प्रयोग गर्ने भनिएता पनि नदीको आधा भन्दा बढी क्षेत्र सम्म पुगेर उत्खनन भए पश्चात उक्त कार्यलाई रोकिएको विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष चित्रकार बताए ।
आयोजनाले आवश्यक मापदण्ड पुरा नगरी नदी उत्खनन गरिरहेकाले नदीमा संचालन गरिएको मेसिनलाई नियन्त्रणमा लिईएको नुवाकोटका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बताए ।

 
 

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            