Thursday, April 25
Shadow

Tag: लोक संचार मार्ग

आयोजनाको नाममा नदि दोहन

आयोजनाको नाममा नदि दोहन

अपराध, आर्थिक, ब्यानर समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २५ नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ । स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो । आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगर...