Tuesday, April 30
Shadow

सकियो नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाः १७ बुँदे प्रस्ताव पारित


  • -इ
  • इ+

काठमाडौँ , चैत ५ । नेकपा (एमाले) को नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको बताउदै उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको नेपाल(खनाल पक्षको भेलाको निष्कर्ष रहेको छ ।

ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनस्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

यस्तै, भेलाले ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ । ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares