Tuesday, April 30
Shadow

प्रचण्ड भन्छन् -राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ


  • -इ
  • इ+

काठमाडौं , फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् ।

भरत ढुंगाना स्मृतिग्रन्थ सार्बजनिकीरण तथा परिचर्चा कार्क्रमलाई सम्बोधन गर्दै देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको बताए ।

उनले आफु आन्दोलित समेत भएको बताएका छन् । प्रचण्डले आफुभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए ।

प्रचण्डले राजनीतिक हिसाबले विजय हासिल गरेपनि राष्ट्रिय स्वाधिनताको लडाँइ लड्न बाँकि रहेको बताए ।प्रचण्डले अहिले माओवादी आन्दोलनले हासिल गरेका उपलब्धिलाई कसरी निस्तेज पार्नेमै सबैको ध्यान रहेको बताए ।

प्रचण्डले ओलीका विरुद्ध १९ बुँदे लेख्दै गर्दा हेडक्वाटरलाई बम्बार प्रहार गरेकै हो भन्दै नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares