Tuesday, April 30
Shadow

आज पश्चिमी वायुको आंशिक प्रभावः यी स्थानमा छ वर्षाको सम्भावना


  • -इ
  • इ+

काठमाडौं, फागुन २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

यस्तै, देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

भने, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै, देशको पहाडी भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares