काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता भएको छ ।
प्रचण्ड(नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् ।
करिब आधा घण्टा भएको भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ ।
भेटमा प्रचण्ड(नेपालले सभापति देउवालाई मिलेर अगाडी जान प्रस्ताव गरेका छन् । देउवाले मिलेर अगाडी बढ्ने विषयमा आफु सकारात्मक रहेको जवाफ दिदै पार्टीमा छलफल गर्ने बताएका छन् । देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न विहिबार पदाधिकारी बैठक बोलाएको बताएका थिए ।
देउवा निकट नेताका अनुसार पार्टीमा छलफलपछि प्रचण्ड-नेपाल पक्षसँग फेरी छलफल हुनसक्ने खरीबोटलाई बताएका छन् ।
भेटपछि नेकपा अध्यक्ष नेपालले ओलीले राजीनामा नदिएमा उनलाई हटाएर संयुक्त सरकार बनाउन प्रस्ताव गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड(नेपाल पक्ष र नेपाली काँग्रेसले सो कदमलाई असंबैधानिक भन्दै आन्दोलन गरेका थिए ।
देउवालाई प्रधानमन्त्री ओलीलाई समर्थन गरेको आरोप लागिरहेका बेला प्रचण्ड(नेपालसँग सहकार्य भएमा ओलीलाई राजीनामा दिने दबाब बढ्ने विश्लेषण गरिएको छ ।