Thursday, April 25
Shadow

Tag: प्रचण्ड-नेपाल-देउवा

प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता :  यस्तो भयो छलफल

प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता : यस्तो भयो छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता भएको छ । प्रचण्ड(नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् । करिब आधा घण्टा भएको भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । भेटमा प्रचण्ड(नेपालले सभापति देउवालाई मिलेर अगाडी जान प्रस्ताव गरेका छन् । देउवाले मिलेर अगाडी बढ्ने विषयमा आफु सकारात्मक रहेको जवाफ दिदै पार्टीमा छलफल गर्ने बताएका छन् । देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न विहिबार पदाधिकारी बैठक बोलाएको बताएका थिए । देउवा निकट नेताका अनुसार पार्टीमा छलफलपछि प्रचण्ड-नेपाल पक्षसँग फेरी छलफल हुनसक्ने खरीबोटलाई बताएका छन् । भेटपछि नेकपा अ...