Tuesday, April 30
Shadow

अवहेलना मुद्धाः प्रचण्डलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


  • -इ
  • इ+

काठमाडौँ , माघ २१ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ ।

बुधबार न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो ।

अधिवक्ता समिर हायूले प्रचण्डले विभिन्न सभाहरुमा सर्वोच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले यसमा के कसो भएको हो रु माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो रु म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ लिखित जवाफ पेश गर्नुहोला भनि निर्देशन दिएको छ ।

यस अघि सर्वोच्चले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना तथा चार पूर्व प्रधानन्यायाधीशहरुलाई पनि आफै उपस्थित भएर लिखत कारण पेश गर्न निर्देशन दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares