कृष्णानगर, कपिलवस्तु, मंसिर ७
कृष्णानगर नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुख (मेयर) पदका लागि स्वच्छ छवि भएका युवा नेता रितेश शर्माको नाम चर्चामा आउन थालेको छ।
लामो समयदेखि सामाजिक काम, जनतासँगको प्रत्यक्ष सम्पर्क र सरल व्यवहारका कारण शर्मालाई नगरवासीले आशा र भरोसाका साथ हेरिरहेका छन्।
शर्मा निकट स्रोतका अनुसार उनले कृष्णानगरलाई स्वच्छ, व्यवस्थित, पारदर्शी र विकासोन्मुख नगर बनाउने एजेन्डासहित नगर प्रमुखमा आकांक्षा राखेका हुन्।
उनका प्रमुख एजेन्डाहरू यस्ता छन् भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिका,सडक, ढल, खानेपानी र सरसफाइमा सुधार ,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता,
युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने,बजार व्यवस्थापन र छाडा चौपाया नियन्त्रण,सबै जात, धर्म र समुदायलाई समेट्ने समावेशी विकास गर्ने उहांले प्रतिबद्धता जनाएका छन्।
स्थानीयवासी भन्छन्, “रितेश शर्माजीलाई पदको लोभ छैन, सेवाको भावना छ। उहाँ सधैँ जनताको सुख-दुःखमा सँगै हुनुहुन्छ। त्यसैले नगर प्रमुखमा यस्तै स्वच्छ छविको व्यक्ति चाहिन्छ।
यद्यपि शर्माको औपचारिक उम्मेदवारी घोषणा र पार्टीगत आबद्धताबारे आधिकारिक जानकारी आउन भने बाँकी छ। तर उनको नाम चर्चामा आएसँगै कृष्णानगरको आगामी निर्वाचनको माहोल थप तातिन थालेको छ।
