Tuesday, June 16
Shadow

सेवा गर्न धन होइन मन चाहिन्छ:- समाजसेवी अभिमन्यु जायसवाल


  • -इ
  • इ+

कृष्णानगर, अषाढ १

कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेको हुन्छ तर गर्मी मौसममा बजार गर्न आउने व्यक्ति हरूलाई तिर्खा मेटाउन महगो मूल्यमा पानी किनेर खानु पर्ने बाध्यता हुने गर्दछ।

सोही समस्या लाई समाधान गर्न मनका धनी बढ्नीका

समाजसेवी तथा व्यापारी  अभिमन्यु  जायसवालले आफ्नो जिम्मेवारी निर्वाह गर्दै बटुवा हरूका लागि निःशुल्क, शुद्ध र चिसो पानीको व्यवस्थापन गरेर मिसाल पेश गरेका छन्।

बढ्नीमा बार्षिक अर्बौ कमाउने व्यापारी तथा अन्य व्यक्ति हरु छन् तर अरूले पैसा कमाएर आफ्नो सोच्ने गरेको तर

समाजसेवा गर्न अरू भन्दा एक कदम अगाडि बढेर अभिमन्यु जायसवालले सबै लाई चकित बनाउदै बढ्दो गर्मी याममा मान्छेको तिर्खा मेटाउन निःशुल्क पानीको व्यवस्थापन गरेर सो क्षेत्रमा अलग पहिचान बनाउन सफल रहेको स्थानीय हरूले उहांको खुलेर तारिफ गर्छन्।

अर्को तिर कुनै राजनैतिक रुपमा सक्रिय नरहने जयसवाल समाजसेवामा अगाडि आएर गरेको काम अनुकरणीय रहने गर्दछ। स्थानीय हरूसंग कुरा गर्दा पैसाले मात्र मान्छे समाजसेवा गर्न नसक्ने बताउदै जयसवालको मन मुटु नै समाजसेवा तर्फ आकर्षित रहेको बताए। उहा हरेकको दुःख सुखमा साथ दिदै मृदुभाषी र सरल व्यवहार भएका व्यक्ति रहेको समेत स्थानीय हरु बताउछन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares