नुवाकोट । ककनी गाउँपालिकाले गाउँपालिकाबासीलाई सहजता प्रदान गर्न स्थानीय स्तरमै घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको छ ।
ककनी गाउँपालिकाका वडाहरुमा सञ्चालन गर्न लागिएको उक्त घुम्ती सेवा शिविरमा सेवाग्राहीलाई नयाँ उद्योग दर्ता, नवीकरण र खारेजी सेवा प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी दिए ।
ककनी गाउँ कार्यपालिकाको मंसिर २८ गते बसेको बैठकले गाउँपालिकाका ८ वटै वडाहरुमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
साथै, गाउँपालिकाले पुस ११ गते देखि उद्योग भएकै स्थानमा गएर उद्योग, व्यवसाय फर्म दर्ता, नवीकरण र खारेजी लगायतका काम समेत गर्न लागेको छ ।
स्थानीय तह भित्र सञ्चालनमा रहेका उद्योग ब्यबसाय दर्ता गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले दिएको छ। सोही अनुसार स्थानीयबासीको सहजताका लागि सम्बन्धित स्थानमै पुगेर सेवा प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
यसरी सेवा प्रदान गरेपछि पनि बजार अनुगमन गर्दा निर्धारित मिति भित्र उद्योग दर्ता नगर्ने व्यवसायी भेटिएमा कारवाही गरिने ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए