
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्।
महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए।
वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            