Tuesday, April 30
Shadow

नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध


  • -इ
  • इ+

काठ्माडौं , पुस ७ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरेका छन् ।

उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरेका छन् । साथै ओलीले चालेको कदम विरुद्ध एक जुट हुन समेत आग्रह गरेका छन् ।  उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares