Friday, May 3
Shadow

तारकेश्वर सामुदायिक विद्यालय समिति द्वारा नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर सामुदायिक विद्यालय समितिले नवनियुक्त शिक्षा मन्त्रीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम सम्पन्न गर्याे। तारकेश्वर नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन सचिब राजु नेपालबाट भएकाे थियाे भने अध्यक्षता समितिका अध्यक्ष कृष्णप्रसाल ओझाले गर्नु भएकाे थियाे ।      साथै स्वागत मन्तव्य उपाध्यक्ष नारायण जंग थापाले गर्नु भएकाे थियाे । उपस्थित २२ वटा सामुदायिक बिद्यालयका प्रअ ज्युहरुबाट आफ्नाे परिचय सहित मन्त्री ज्युलाई बधाइ ज्ञापन गर्नु भएकाे थियाे । छाेटाे मिठाे यो कार्यक्रममा माननीय गणेश पराजुली, माननीय अमन मास्के र माननीय प्रकाश श्रेष्ठकाे विशेष उपस्थिति थियाे । उक्त अवसरमा तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्षले बधाई ज्ञापनका अतिरिक्त शिक्षामा सुधार गर्नु पर्ने विषयमा मन्त्री ज्युकाे ध्यानाकर्षण गराउनु भएकाे थियाे ।                            छाेटाे मन्तव्य राख्दै माननीय अमन मास्केले व्यावस्थापन समितिमा जनप्रतिनिधि राख्न नहुने गरि संघीय कानुन निमार्णमा मन्त्री ज्युलाई सुझाव दिनु भयाे । यस अवसरमा मन्त्री शिशिर खनालले संघीय ऐन मार्फत शिक्षाका सबै खाले समस्याकाे हल गर्न आफु प्रतिवद्द रहेकाे बताउनु भयाे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares