Tuesday, April 30
Shadow

मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि


  • -इ
  • इ+

मधेस प्रदेशसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेशसभाको बैठक रोकिएको हो ।

आज प्रदेशसभामा सभामुख पदका लागि मतदान र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो । बैठक भोलि बस्नेछ ।

“प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मतलगायत कार्यसूची मंगलबार सरेको छ,” प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले भने, “प्रदेशसभाको कार्यतालिकाको दिन सरे पनि समयमा परिवर्तन भएको छैन ।”

सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उमेदवारी दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares