Tuesday, April 30
Shadow

पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।


  • -इ
  • इ+
नागरिकता बनाये,बनाए राहदानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
तेरो भरमा मेरो घर चलेन सरकार ।
म दिन,दुखीको अब तलाई के दरकार ।
पुर्खा कहिले लाहुरे बने कहिले,
हाड घोट्ने कालो पहाड गए ।
मैले अब उनीहरूकै पाईला पछ्याउने भए ।
रेमिट्यान्स पठाउला खर्च चलाउन ।
मेरो रगत र आँसुको मान मनितो राख्नु ।
बाचेको रहर अनि कहरको तलाई वार्षिक करतिरौंला ।
मरे रातो बाकसमा घर फर्कुला।
यो शहर त रहेछ खान्दानीहरुको राजधानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
बन्धकी राख्याछु घर-खेतवारी साहुलाई ।
बुझाको छु अन्नको भकारी ।
मेरो पसिना आईन्दा बग्ने भो साउदीको मरुभूमि मा ।
एक टुक्रा धर्ती रहेन आफ्नै जन्म भुमि मा।
जिन्दगीको हिसाब_किताब यता कहिले नमिल्ने ।
नियतिको बही खाता मिलाउन म त अब उतै सुईकिने।
सरकारले उता नजा भनेन राज्यले यता नागरिक गनेन ।
मेरो हारगुहार सुन्ने आफ्नत नै रहेन स्वदेशमा ।
थाहा छैन कसलाई आफ्नो ठान्ने हो परदेशमा ।
दु:ख र पीडा नै रहेछ मेरो जिवनको कुल आमदानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
यो जुनी ऋणब्याज र स्याजको अनन्त ब्यथा भो ।
विचौलीया र दलालहरुकै मलुकमा राज छ ।
घुस खोरी अनि भ्रष्टाचारीहरुकै चर्को आवाज छ ।
पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।
तैपनि सिंहदरबारलाई मेरो घरबारको चासो रहेन ।
खेर ,सिंह-स्याल-ब्वाँसौहरु शीत मेरो कुनै गुनासो रहेन ।
युगको यो कस्तो कहानी कति सस्तो यो जिन्दगानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
जहान परिवारमाझ सुख ल्याउनु छ ।
जोरिपारीमाझ मुख देखाउनु छ ।
श्रम विभागको ढोकामा आफनु पालो कुर्नु छ ।
अब त केवल भिसाको साईत जुर्नु छ ।
सरकारलाई सरोकार रहेन ।
दुर-सुदुर जाने मजस्तै मजदुरको राज्यलाई कुनै ,
दरकार रहेन ।
राज्युुुमा हालीमुहाली गर्ने राजदैत्यहरुको मलाई,
बालै भयेन ।
दैत्यराजको भजनगाउने अव त सवालै रहेन ।
नस्ट भै जाने यो जवानी अन्त्यमा फगत धुवा-खरानी ।
म पनि जान्छु खाडीको बालुवाखानी ।
यहाँ सत्ता र भत्ता हुने खानेको बिचलित ,
केवल हुने खानेको छ ।
सुदखोरहरुको जाली,कपाली तमसुकमा ल्याप्चे ,
लगाएर आफैलाई उनीहरूको दास बनाए ।
यो दुखीयाको एकबारको जुनी निजहरुले नै ,
उजाड-उदास बनाए ।
निजामती र लोकसेवाले कलम खोसे ।
नियतिले खोसीदीयो कुटो र कोदालो ।
म बिना अब शोकसन्तप्त रहने भए,
खेतहरुको गह्रा,कान्लो,र आली ।
म जस्ता हरूवा-चरुवाहरु परदेशमा ,
राजस्व हसुर्ने राज,खान्चुवाहरु स्वदेशमा ।
यो बिडम्बना यो देशको रित हो ।
अबत मेरो सुस्केरा नै मेरो एकान्तको गीत,
हो मेरो मन मीत हो ।
हे नाथ अनाथ भए रक्षा गर दुर्गे भवानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
#copypaste
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares