Thursday, May 2
Shadow

बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना


  • -इ
  • इ+
  1. काठमाडौँ – बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर बैद्य दम्पतीकी सुपुत्री श्रीमती मीना बैद्य पाण्डेले विशेष पहल गरी आमा–बुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम बैद्य फाउन्डेसन’ स्थापना गर्नुभएको हो ।

काठमाडौँको त्रिपुरेश्वरमा पुस ९ गते शनिवार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले उक्त फाउन्डेसनको विधिवत शुभारम्भ गर्नुभएको थियो । स्व. हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर पनि हुनुहुन्थ्यो । दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा उहाँले जीवनभर केही न केही काम गरिरहनुभएको थियो । साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण हुनुपर्ने कुरामा रातदिन लागिपर्ने महाअभियन्ताका रूपमा पनि उहाँ हामीबीच चिनिनुहुन्छ ।

साथै स्व. बैद्यले नेपालमा ज्येष्ठ नागरिक अधिकारप्राप्तिका लागि पनि थुप्रै वर्ष अग्रणी वकालती भूमिका निभाउनुभएको थियो । उहाँले नेपालमा अलग्गै ‘ज्येष्ठ नागरिक मन्त्रालय’ तथा ‘ज्येष्ठ नागरिक आयोग’ चाहिने कुरामा जीवनपर्यन्त वकालत गरिरहनुभएको थियो । ज्येष्ठ नागरिक सवालमा करिब दुई वर्ष लगाएर नेपालमा पहिलोपटक ‘बृहत्स्तरको राष्ट्रिय अनुसन्धान कार्य ‘नेपान’ नामक संस्थामार्फत् हुँदा पनि उहाँले राष्ट्रिय अनुसन्धान टिमको अध्यक्षता ग्रहण गरी सफल नेतृत्व गर्नुभएको थियो । स्व. बैद्यले नेपालको कृषि, जलसभ्यता तथा ज्येष्ठ नागरिक अधिकारका लागि पु¥याएको बहुआयामिक योगदानका विविध पक्षहरू थप उजागर गर्ने, उहाँका सुकीर्ति र अभियानहरूलाई निरन्तरता दिने र उहाँका अनुकरणीय कार्यहरूको थप प्रचार–प्रसार तथा प्रकाशन गरी नयाँ पुस्तामाझ पु¥याउनेजस्ता महत्वपूर्ण उद्देश्यहरू बोकेर फाउन्डेसन स्थापना गरिएको कुरा संस्थापिका मीना बैद्य पाण्डेले बताउनुभयो ।

स्मरणीय छ, स्व. बैद्यका बागमती सभ्यता, ज्येष्ठ नागरिक सवाल तथा दिगो कृषि र विकासका मुद्दाहरूमा आधारित विविध विषयका करिब एक दर्जन पुस्तक प्रकाशित छन् । फाउन्डेसन शिलान्यासका अवसरमा स्व. बैद्यले करिब दुई दशकअघि लेख्नुभएको अनुसन्धानमा आधारित चर्चित पुस्तिका ‘बागमती बाँचिरहोस्’ को दोस्रो संस्करणको पनि लोकार्पण तथा वितरण गरिएको थियो ।

सो समारोहमा नेपाल कृषि इन्जिनियर सोसाइटीका अध्यक्ष प्रा.डा. भीमप्रसाद श्रेष्ठ, सामुदायिक ग्रामीण प्रविधि विकास केन्द्रका लुभिनकुमार श्रेष्ठ, जलवायुविज्ञ पूर्णचन्द्रलाल राजभण्डारी, जैविक–मल विशेषज्ञ डा. आनन्दशोभा ताम्राकार, सहभागीमूलक विकास अभियन्ता अश्विनकुमार पुडासैनीलगायतका व्यक्तिहरूको सहभागिता थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares