
काठमाण्डौँ, पुष ३
नेपाली कांग्रेसको भातृ संगठन नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि कोपिला देवकोटाको अध्यक्षतामा गठन भएको छ ।
शुक्रवार नेपालटारमा आयोजित लैंगिक हिंसा तथा उत्पिडन विरुद्धका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमको विच उक्त कमिटि गठन भएको हो । वातावरण तथा सरसफाई क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितमा काम गर्ने उदेश्यका साथ गठन भएको उक्त कमिटिको उपाध्यक्षमा चम्पा अर्याल अछामी, सचिवमा माधव तिमिल्सीना, कोषाध्यक्षमा संगिता ज्ञवाली, सदस्यहरुमा सविना मालाकार, भुवनेश्वरी खतिवडा, तृष्णु ठकुरी, सीता मगर, रुपा शर्मा, रोशनी ढकाल, शोभा राना, मीरा वस्नेत, शशी देवि भट्ट चयन भएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर नगर सभापति राम थापा, तारकेश्वरका वडा अध्यक्ष मनोहरी तिवारी, संघका केन्द्रिय महा सचिव चन्द्र घिमिरे, कार्यक्रको प्रशिक्षक तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु लगाएतको उपस्थीति रहेको थियो ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            