Tuesday, April 30
Shadow

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन


  • -इ
  • इ+

धादिङ
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।

आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए ।

हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए ।

राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए ।
आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares