काठमाण्डौँ, जेठ १५
सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ ।
नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।