Wednesday, April 24
Shadow

पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना


  • -इ
  • इ+

काठमाडौँ, फागुन २६ । मुलुकका भेगमा आज अपराह्न वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू(भागहरूमा आंशिक बदली रहने छ । अपराह्न पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी शुक्रबारसम्म नै पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares