Wednesday, April 24
Shadow

पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १५
पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ।

गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा २५ आइसियु र ८ भेन्टिलेटरमा, गण्डकीमा ३ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २६ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares