Saturday, April 20
Shadow

सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ आज हुँदै : के संसद विघटन होला ?


  • -इ
  • इ+

काठमाडौं , पुस ८ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।

संसद विघटनको विरोधमा अदालतमा १२ वटा रिट परेका छन् । त्यसमध्ये ११ वटा रिटको पेसी आजलाई तोकिएको छ । बाँकी एक वटा रिट भने संवैधानिक इजलासमा पठाइएको छ । उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपानेलगायतले दर्ता गरेको रिटमा प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई विपक्षी बनाइएको छ ।यता राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा विघटन गरिएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग परामर्श थालेको उनको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको विघटन असंवैधानिक भन्दै सभामुखले त्यसको प्रतिकार स्वरूप बैठक बोलाउनु पर्ने सुझावहरू पनि सार्वजनिक भइरहेका बेला त्यस सन्दर्भमा विज्ञहरूसँग कानुनी परामर्शमा उनी जुटेको बताइएको छ।

उनको अनौपचारिक परामर्श प्रतिनिधिसभाको बैठक बोलाउन उनले प्रयोग गर्न सक्ने विशेषाधिकारका विषयमा पनि रहेको बुझिएको छ।

तर सभामुखको विशेषाधिकारबारे कानुनविद्हरूबीचमा पनि मत बाझिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares