Friday, March 29
Shadow

प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु


  • -इ
  • इ+

 

sharethis sharing button

रविको राहदानीवारे प्रहरीद्वारा छानबिन शुरु

रवि लामिछाने गृहमन्त्री भएपछि रोकिएको उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो ।

यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ ।  लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए ।

उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो । तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन । परराष्ट्रले  यहाँस्थित अमेरिकी दूतावासलाई भनेर वा सिधै अमेरिकी विदेश मन्त्रालयमा पत्र पठाएर विवरण माग्नुपर्नेमा अमेरिकास्थित नेपाली दूतावासमार्फत जाँदा प्रक्रिया लामो भएकाले बिलम्ब भएको बताइन्छ ।

लामिछानेमाथि सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएपछि लगत्तै अर्को साल रद्ध भैसकेको नागरिकता देखाएर नेपालबाट पनि पासपोर्ट बनाएको अभियोग छ । सन् २०१८ मा अमेरिकी पासपोर्ट परित्याग गरेका उनले झण्डै चार वर्ष दुबै देशको पासपोर्ट प्रयोग गरेका थिए । सर्वोच्चको फैसलापछि  आइतबार नयाँ नागरिकता बनाएर तत्कालै उनले नेपाली पासपोर्ट फिर्ता गरे पनि राहदानी विभागले निस्क्रिय बनाएको छैन ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर नेपाली नागरिकता सक्रिय गराउन जाँदा झूठा विवरण पेश गर्न सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँका सम्बन्धित अधिकारीले अमेरिकी दूतावासमा फोन गरेर भेरिफाइ गराएका थिए ।

लामिछानेविरुद्ध अमेरिकामा पनि झण्डै एक दर्जन मुद्धा विचाराधीन रहेको बताइन्छ । – जन आस्था

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares