काठमाडौ – नेपाल बिद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस ईकाई परिवारले आज सहिद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो। मुलुकमा प्रजातन्त्र स्थापना लोकतन्त्र,गणतन्त्र तथा विभिन्न सामाजिक तथा राजनीतिक क्रान्तिको आन्दोलनमा आफ्नो प्राण आहुती दिने सम्पुर्ण ज्ञात-अज्ञात सहिद हरुको सम्झनामा ने.बि संघले दिप प्रज्वलनको आयोजना गरेको हो।
कार्यक्रममा ग्रामीण आदर्श बहुमुखी क्याम्पसका ईकाइ सभापती महेश मणि पौडेल, पुर्व स्व.बि.यु सभापति बद्री मुडबरी, नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य ईन्द्रमान महर्जन, पुर्व ईकाई सभापति आशिष् पाण्डे, बलदेव थापा, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि मनोज राना, लक्ष्मि सिलवाल नेपालि काँग्रेस नुवाकोटका नेता शिव गुनि, तरुण दल नेता दिपेश थापा लगायत बिद्यार्थि नेताहरु परोपकार अधिकारी, माधव शर्मा, जीवन राना, राजेन्द्र फुयाल निरन्जन बजगाईँ, लगायतको बाक्लो उपस्तिथि थियो। कार्यक्रममा उपस्थित हरुले नेपालको नक्सा बनाई सहिद हरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेको ने.वि संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सचिव बिक्रम अधिकारीले जानकारी दिए।