Friday, April 26
Shadow

शिवपुरी साहित्य समाजले पाँचजना साहित्यकार लाई सम्मान गर्ने


  • -इ
  • इ+

काठमाडौ – साहित्यिक वृत्तमा क्रियाशील संस्था शिवपुरी साहित्य समाजले, २०७९ सालका लागि विभिन्न विधाका पाँच सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको समाजको बैठकले ‘नरबहादुर भारती स्रष्टा सम्मान’ साहित्यकार पवन आलोकलाई, शिवपुरी गजल सम्मान’ साहित्यकार मनोज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।यस्तै, ‘मान–शोभा प्रतिभा सम्मान’ खुमराज घिमिरेलाई, ‘विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार’ सूर्यप्रसाद लाकोजूलाई र ‘गौरी कार्की स्मृति मुक्तक सम्मान’ हरिकृष्ण काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान तथा पुरस्कारहरू आउँदो फागुन २७ गते प्रदान गरिने जानकारी कवि माधव बिडारी ” चेतनपथ” ले दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares