Friday, April 19
Shadow

बुद्धिसागरको उपन्यास ‘एक्लो’ बजारमा


  • -इ
  • इ+

काठमाडौँ — लेखक बुद्धिसागरको उपन्यास ‘एक्लो’ लोकापर्ण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गोलाद्वारा छानिएका दस जना पाठकले उक्त पुस्तक लोकापर्ण गरेका हुन् ।

कार्यक्रममा उपन्यासकार बुद्धिसागरले पाठकसँगका केही रोचक प्रसंगहरु सुनाएका थिए । ‘एक्लो’ फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

उपन्यासकार बुद्धिसागर पछिल्लो समय रुचाइएका आख्यानकार हुन् । ‘फिरफिरे’ प्रकाशित भएको सात वर्षपछि ‘एक्लो’ आएको हो । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ मा पश्चिम नेपालको ग्रामीण जनजीवनलाई समेटेका बुद्धिसागरले नयाँ उपन्यास ‘एक्लो’ मा भने गाउँबाट सहर पसेका मानिसहरुको संघर्षको कथा भनेका छन् ।

बुद्धिसागरले दुईवटा सिनेमाको कथासमेत लेखेका हुन् । ती पर्दामा आउन भने बाँकी नै छ ।

बुद्धिसागरका यसअघि ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास प्रकाशित छन् । ‘कर्नाली ब्लुज’ अंग्रेजी अनुवादसमेत प्रकाशित छ । लामो समयदेखि नेपालमा बस्दै आएका बेलायतका प्राध्यापक माइकल हटले त्यसको अनुवाद गरेका हुन् । उनको कविता संग्रह ‘बुद्धिसागरका कविता’ पनि प्रकाशित छ ।

को हुन् बुद्धिसागर?

कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो। ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन्।

सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो रहेका उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ।

उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवं ‘बुद्धिसागरका कविता फाइनप्रिन्ट’बाट प्रकाशित छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares