Thursday, April 18
Shadow

कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा – २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।

 

शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ ।

शिक्षा शाखा प्रमुख पदम बहादुर केसिले भन्नुभयो समग्र अनुगमनको उद्देश्य भनेको नगर भित्रका सामुदायिक बिधालय को शैक्षिक गुणस्तर लाई राम्रो बनाइराख्न यस्तो आकस्मिक अनुगमनको आवश्यकता सबै बिधालयमा गर्नुपर्छ र यो सुचक सहितको तथ्यांकले गर्दा आगामी बर्षमा पक्कै पनि नतिजा राम्रो आउने बिश्वास छ भन्नुभयो ।

अनुगमनका सदस्य शिक्षा शाखा अधिकृत सन्तोष खनाल भन्नुहुन्छ यस्तो अनुगमनले बिद्यालय लाई पृष्ठपोषणमा सहयोग हुन्छ । यस्तो अनुगमनले शिक्षक र बिद्यालय प्रशासन दुबैलाइ हौसला र सतर्क हुने अबसर पनि हो । यस्तो कार्यले शैक्षिक गुणस्तर कायम हुने र वृद्धि हुने पनि हुन्छ । कालिदेबी माबीका प्रअ कृष्णप्रसाद ओझा भन्नुहुन्छ यस्तो अनुगमन निरन्तर हुँदा राम्रो हो ।

यस्तो कार्यले हामीलाई थप हौसला र उत्साह थपिएको छ । यसरी अनुगमन हुदा हाम्रो बिद्यालयको राम्रो पक्षहरु अन्य बिद्यालयको लागि पनि सहयोगी हुन्छ । उहाहरुले कालिदेबी बिद्यालयको कस्तो स्थिति थियो र कति समयमा यस्ले आफ्नो स्थिति परिवर्तन गरि शैक्षिक गुणस्तर वृद्धि गर्यो भन्ने कुरा जानकारी लिन र दिन पनि महत्त्वपूर्ण भुमिका रहन्छ । यसरी अनुगमन भैसकेपछी उत्कृष्ट बिद्यालय लाई नगरपालिकाले पुरस्कृत गर्दा अझ राम्रो हुनेछ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares