Tuesday, April 16
Shadow

आम्दानी घटेपछि फेसबुकले हटायो ११ हजार कर्मचारी


  • -इ
  • इ+

अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकैपटक ११ हजार कर्मचारी कटौती गरेको छ । कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो ।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीकारूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो । यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्यबाट एकैपटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यतिबेला मेटाको खराब समय चलिरहेको बताएका छन् । कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन् । उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहाँसकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् । यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares