Thursday, July 23
Shadow

स्वार्थको बिउ रोप्दै रोपिएन


  • -इ
  • इ+
लेखक – नर बहादुर बिसी (बानियाँ)
उबेला पार्टी भनेर –
देश र जनताको मन्त्र जपियाे
शरिरमा थुप्रै पीडा थपियो
जेलकाे यातना धेरै खपियाे
तर के गर्नु-
गुण्डागर्दी गर्न जानिएन
तिघ्रे पाखुरे पाल्दै पालिएन
त्यो खाले पसल थाप्दै थापिएन
स्वार्थको बीउ राेप्दै राेपिएन
तर गल्ती गरिएछ
त्यति सबै गरेको भए
धनकाे बीउ छरेकाे भए
सायद
यसपालि सांसदमा दर्खास्त दिनेथिएँ
नभए पनि
समानुपातिकमा नाम लिनेथिएँ
याे त भनेको मात्रै हाे
सत्य त
मैले जे गरेँ
ठिकै गरेँ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares