Wednesday, April 17
Shadow

काठमाडौं ९ मा कांग्रेसबाट गौरी प्रसाद दवाडीको उम्मेदवारी घोषणा


  • -इ
  • इ+

काठमाडौं- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा काठमाडौं क्षेत्र नं ९ बाट गौरी प्रसाद दवाडीले आफ्नो उम्मेदवारीता घोषणा गरेका छन् । उनले सामाजिक संञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

सामाजिक संञ्जाल मार्फत आफूले पार्टीको लागि लामो समय देखि विभिन्न काल खण्डमा अहोरात्र खटिएर काम गरेको बताउदैँ उनले उक्त घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन् :

आफ्नोबारेमा सस्मरण गर्न मन लाग्यो

झण्डै पाच दशक साङ्गठनिक यात्रा गरिए छ । नेपाली कांग्रेसमा २०४६ सालभन्दा अगाडि काग्रेस समर्थकको दायित्व भनेको पार्टीले आयोजना गरेका आन्दोलन बिचारलाई जन समक्ष पुर्याउनु निर्दलीय पन्चायती व्यवस्थाको बिरोधका कार्यक्रममा सहभागी हुनु नेताहरुलाइ सक्दो सहयोग प्रत्यक्ष अप्रत्यक्ष गर्नुमा केन्द्रीत हुन्थे तमाम लोकतन्त्रवादीहरु ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कांग्रेसलाइ सहयोय गरिन्थ्यो । २०४६ को परिवर्तन पछि पार्टी सङ्ठन निर्माण हुन थाले मैले पनि साथीभाईको सहयात्रामा सहभागी हुने अबसर पाए ।

आठौं महाधिबेशन :  सचिब काठमाडौं क्षत्र नं ५
नवौं महाधिबेशन : महासमिति सदस्य क्षेत्र नं ६
दशौं महाधिबेशन : महासमिति सदस्य क्षेत्र नं ६ र जिल्ला सदस्यर सदस्य केन्द्रीय प्रशिक्षण बिभाग
एघारौं महाधिबेशन : महासमिति सदस्य क्षेत्र नं ६
जिल्ला सचिव र सदस्य केन्द्रीय शिक्षा बिभाग,
बाह्रौं महाधिवेशन : क्षेत्र नं ९ रजिल्ला उपशभापतिरप्रशिक्षण बिभाग संयोजक
तेह्रौं महाधिवेशन : क्षेत्रीय प्रतिनिधि
चौधाौं महाधिवेशन क्षेत्र नं ९ हाल महाधिवेशन प्रतिनिधि

केन्द्रीय बिभागहरु बाहेक अरुसबै पदहरु निर्बाचित हुन। जिल्ला सभापति तीर्थराम डङ्गोलको सभापतित्वमा काठमाडौं जिल्लाको सचिबको भूमिकाम रहने अबसरका साथै प्रतिगमन बिरुद्धको सयुक्त नजआन्दोलनका समितिहरुमा रहेर सङ्घीयलोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा सर्बदलीय सम्यन्त्रमा जिल्ला समन्वय उपत्यका समन्वय र केन्दीय प्रतिनिधित्व गर्ने अबसर समेत पाए । केन्द्रीय प्रक्षिक्षण बिभागमा रहेर विभिन्न जिल्लाहरुमा प्रक्षिक्षण गरियो ।

आन्दोलनको क्रममा प्रथम राष्टपति सम्मानीयज्युको नजिक रहेर संगठनबिभागका काम , केद्रीय आन्दोलनका समितिका तत्कालिन सङ्गठन प्रमुख कृष्णप्रसाद सिटौलाको साथमा आन्दोलन परिचालनका महत्वपूर्ण काम , सुशिल कोइराला महामन्त्री हुदा उहाको समिप्यमा रहेर पार्टीको मुखपत्र नेपाल पुकार पकाशन गरेर अपठेरो बेलामा पार्टीको गतिबिधि जन समक्ष पुर्यइयो यसको सङ्योजन गर्नेकाम पार्टीले जिम्मेवारी दिएको हो ।यो प्रकासनको काम २ बर्ष गरियो । बौद्धिक ब्यक्तित्व नरहरि आचार्य ज्यूको गणराज्य अभियानको समितिमा रहेर सङकटकालको समयमा माओवादी उद्गगम स्थल रुकुम रोल्पा दाङ सल्यान कालिकाट पुगेर माओवादी समस्या बुझेर समस्या समाधानमा प्रतिबेदन दिईयो। फर्केर आफुलाई हेर्दा राजनीतिमानै प्रथमिकतामा रोजेर काम गरिएछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares