Thursday, April 25
Shadow

कुमारी आमाका सन्तानको जिम्मेवारी आमाकै हो, बाबुको होइन : अम्बरिश पोख्रेल


  • -इ
  • इ+

मेरो शरीर मेरो मर्जी नामको अभियान विगत एक दशक देखि चलेको छ नेपालमा खुबै । यसको पछाडि कुन कुन वैदेशिक शक्तिहरुले नेपालमा लगानी गरिरहेका छन् दुनियाँलाई थाहा छ। लगानी गर्नुको पछाडिको रहस्य झन् थाहा छ।

मेरो शरीर मेरो मर्जी अन्तर्गत थुप्रै कुमारी आमाहरु बनेको पढियो, देखियो र सुनियो । त्यो उनीहरूको शारीरिक तथा मानसिक इच्छा हो । जेसुकै गरून् । उनीहरूको शरीरमा उनीहरूको मर्जी यसलाई स्वीकार गरौं । तर मेरो शरीर मेरो मर्जीअन्तर्गत जन्मिएका बच्चाहरु केटोले स्वीकार गर्नु पर्छ भन्ने के छ ? केटोको स्वतन्त्रता हनन भयो की भएन ?

यदि गर्भ पतन गर्ने वा नगर्ने कुमारी केटीको इच्छा हो भने, त्यहाँबाट उत्पादित बच्चा केटोले स्वीकार गर्नु पर्ने, पालन पोषण गर्नु पर्ने बाध्यता किन् हुनु पर्ने ? यहाँनेर कुमार केटोको स्वतन्त्रता खोइ ? कुमारी आमा भनेको कम्तीमा पनि केटी वा केटोको घरको सहमति विपरीत भएका असामाजिक क्रियाकलाप अन्तर्गतका कुराहरू हुन् । त्यो बाट उत्पादित बच्चा चाहिँ कुमार केटोले जिम्मा लिनै पर्ने किन ?

केटी र केटीकै बाबु आमाले (आफ्नै छोरीको सन्तान) आफै पालन पोषण गरे हुँदैन आफ्नै सन्तानलाई ? नारी पुरुष वरावरी होइन र ? अनि किन चाहियो बाबुको पहिचान ? पितृसत्ता कै मलजल भएन र ? आमाको महत्व कम भएन र ?

कुमारी आमा हुनु अगाडि रेप थिएन जस्तै मोज मस्ति माया मुलाकात आदि इत्यादि जे सुकै होस्, छैन र हुने छैन तर जब कुमार केटोले बच्चा लिन मान्दैनन्, अनि रेप गर्यो र बच्चा जन्मियो भनेर आरोप लगाउन् मिल्छ ? रेप र मोज मस्ती एउटै हो ? मोज मस्ति लाई अदालतले रेप भनेर प्रमाणित वा घोषणा गरिदिनु पर्ने ? यो चाहिँ केटो पक्षमा हुन जाने अन्याय होइन ?

यो प्रकारको आरोपमा कुमार केटो पीडित हुँदैन भनेर भन्ने ठाउँ छ ? केटो पीडित भएको हुन किन सक्दैन ? केटोलाई पनि प्रलोभन दिएर शारीरिक सम्बन्ध राख्न्न लगाएको भनेर किन् भन्न सकिँदैन ? केटीलाई मात्र प्रलोभन देखाएर सम्बन्ध राखेको भनेर आरोप त जताततै लगाएको देखिन्छ, किन होला ?

समाधान के त ?
कुमारी आमाका सन्तानहरूको जिम्मेवारी आमाकै हो, बाबुको पहिचान आवश्यक छैन। पहिचान अनिवार्य सर्त होइन । स्वेच्छाले बाबुले पहिचान दिन सक्छ, यदि कुमारी आमाले अनुमति दिएमा मात्र त्यो पनि । भनेर कानुनमा लेखौँ । त्यो अनुसारको जिम्मेबार हजारौं कुमारी आमाहरु बनाउन कानुनी ब्यबस्था गरौं । नेपालको आफ्नै कला संस्कृति परम्परा चाल चलन तथा समय अनुसारको कानुनको ब्यबस्था गरौं ।

निष्कर्ष :
कुमारी आमाका सन्तानहरूको जिम्मेवारी आमाकै हो, बाबुको पहिचान अनिबार्य होइन भनेर नयाँ प्रकारको कानुनी ब्यबस्था थप गरौं । मातृसत्ताको पनि अभ्यास गरौं । अस्तु ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares