Tuesday, March 19
Shadow

टिकट वितरणमा कसैलाई अन्याय हुँदैन : देउवा


  • -इ
  • इ+

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् ।

‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने ।

आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए ।
कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख‚ ११० नगर उपप्रमुख‚ १८८ गाउँपालिका अध्यक्ष र १९ जना गाउँपालिका उपाध्यक्ष सहभागी थिए ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares