Friday, April 26
Shadow

नव नियुक्त शहरी बिकास मन्त्रि श्रेष्ठलाई अखिल नेपाल भिक्षु महासंघद्धारा स्वागत, बधाई तथा शुभाशिस


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक ६
अखिल नेपाल भिक्षु महासंघले लुम्बिनी प्रदेशका नव नियुक्त शहरी बिकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई आज स्थानीय आनन्दकुटी विहारमा स्वागत, बधाई तथा शुभासिस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका संघनायक बोधिसेन महास्थविर, अखिल भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविर तथा सदस्य भिक्षु तपस्सिधम्म महास्थविरले पुष्प गुच्छाले स्वागत गरेको थियो भने महासंघका महासचिब कौदन्य महास्थविर तथा सचिब राहुल महास्थविरले खादा ओढाउनु भएको थियो।

मन्त्री श्रेष्ठले मुख्य विहार तथा सिमा गृहमा बुद्ध भगवान समक्ष दिप प्रज्वलन गर्नु भै पुष्प गुच्छा चढाउनु भएको थियो भने सिमा गृहमा अखिल नेपाल भिक्षु महासंघका सहभागी भिक्षुहरुले परित्रान पाठ गर्दै नव नियुक्त मन्त्रिलाई बधाई तथा शुभासिस दिनु भएको छ ।

आधिकारिक रुपमा संचालित उक्त कार्यक्रम अनुसार भिक्षु महासंघका उपाध्यक्ष धर्ममुर्ती महास्थविरले स्वागत मन्तव्य दिनु भएको थियो । जस्मा माननीय कृष्ण गोपाल श्रेष्ठ उहाँ मन्त्रि नहुँदा पनि उहाँले थेरवाद धर्मको उत्थान, बिकास र विस्तारमा दिंदै आउनु भएको अतुलनिय योगदानको प्रसंसा सहित आउँदो दिनमा अझ बढी धर्मानुकुल सहयोगको अपेक्षा गरेको उल्लेख गर्नु हुँदै सफल कार्यकालको कामना गर्नुभयो। यसपछि मन्त्री श्रेष्ठले पनि आफुले अहिले सम्म धर्मोत्थानको लागि सक्दो गरेको र अब अहिलेका दिनमा आफ्नो जिम्मेवारी झनै बढेको र आउँदा दिनमा आफ्नो संलग्नतालाई अझ बढी निरन्तरता दिने र सरकारी सहयोगलाइ पनि थप्न प्रयासरत रहनेरदिंदै जाने बताउनु भयो।

कार्यक्रमको अन्तमा महासंघका महासचिब भिक्षु कौदन्य महास्थविरले मन्त्री श्रेष्ठलाई अहिले सम्म गर्नु भएको सहयोगको लागि साधुवाद दिनु हुँदै आगामी दिनमा अटुट निरन्तरता होस् भन्ने अपेक्षा गरेको भन्नुभयो। कार्यक्रममा मुख्य पाहुना, भिक्षु महासंघका भिक्षुगण तथा सहभागीहरु सबैलाई भोजनको व्यवस्था गरिएको थियो । भने कार्यक्रमको संचालन महासचिब कौदन्य महास्थविरले गर्नु भएको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares