Saturday, April 20
Shadow

Tag: india

होली लगायतका चाडपर्व मनाउन रोक

होली लगायतका चाडपर्व मनाउन रोक

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, चैत्र ११ भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । “विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” सूचनामा भनिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ । मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।...