Friday, March 29
Shadow

Tag: corona news

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। २४ घण्टामा देशभर नेपालमा ९ हजार ४८३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।...
काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ । पराजुलीका अनुसार बैंक तथा वित्ति...
आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

आज देशभर २१११ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक् २८ पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन्। आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।...