Friday, April 19
Shadow

Tag: २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो। सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्। दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका आमाबुवा बितेको ४ वर्षपछि बच्चा जन्मियो "हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्। "पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।   भ्रूणदान   पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित ...