Thursday, April 25
Shadow

Tag: हरिबोल गजुरेल

पार्टी एकताको लागि भूमिका खेल्दा अनावश्यक आरोप लगाइयो : हरिबोल गजुरेल

पार्टी एकताको लागि भूमिका खेल्दा अनावश्यक आरोप लगाइयो : हरिबोल गजुरेल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ, पुष ११ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफूले गुटबन्दी नगर्ने बताएका छन् । उनले विगतमा आफूले पार्टी एकताको लागि भूमिका खेल्दा अनावश्यक आरोप लगाइएको पनि गुनासो गरे । शनिबार राजधानीको नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता गजुरेलले आफू ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको भएपनि सफल हुन नसकेको बताए । 'ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको थिएँ। तर सफल हुन सकिएन', फेरि पनि पार्टी एकतामै जोड दिँदै उनले भने, 'पार्टी एकता भएन भने त्यसले अहिलेसम्मका उपलब्धि गुम्छ । हामीले पार्टीलाई एक राख्न सकेनौं। देश विदेश तथा नेताहरू कै कारणले पनि यो अवस्था आइपुग्यो।' उनले आफू ओली समूहतिर कहिल्यै नगएको पनि दावी गरे । उनले भने, 'म कतै गएको पनि छैन आएको पनि छैन । हिजो जहाँ थिए त्यहीँ छु। समान दुरीमा बसेर मैले एकता जोगाउन लागेँ। दुबै अध्यक्षको आलोचना...