Tuesday, March 19
Shadow

Tag: सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ५ । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।...
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...