Friday, March 29
Shadow

Tag: सह गोत्री

सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २१ हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ । हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । मनुस्मृतिमा ...