Thursday, April 25
Shadow

Tag: सर्वोच्च

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाकाे प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लाग्नु भएको छ । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्द...
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

ब्यानर समाचार, शिक्षा, समाचार
काठमाडौँ , पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरेको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । यस अघि सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । सर्वोच्चले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हो ।प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो। भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्...
कक्षा ११ :  सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
इलाम–, पुस २२ । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्...
संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, पुष ६ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन्। उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि 'कू' को संज्ञा दिएका छन्।...