Friday, April 26
Shadow

Tag: सचिव

सरकारले  गर्यो  एक दर्जन बढी सचिवको सरुवा

सरकारले गर्यो एक दर्जन बढी सचिवको सरुवा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश–१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने...