Thursday, March 28
Shadow

Tag: संसद

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २२ । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’ राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सां...