Wednesday, April 24
Shadow

Tag: शेयर कारोबार

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

आर्थिक, मुख्य समाचार
  काठमाडौं , पुस २३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५।९४, विकास बैंक १०, जलव...