Thursday, March 28
Shadow

Tag: वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

आर्थिक, मुख्य समाचार
काठमाडौँ , चैत ३ । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई रु चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१।७ प्रतिशतले...
कोरोनाकै बीच रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

कोरोनाकै बीच रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ५ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष ९आव०को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलु...