Thursday, April 25
Shadow

Tag: विष्णु पौडेल

विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

विष्णु पौडेल भन्छन् – बैशाखको निर्वाचन कुनै पनि हालतमा रोकिंदैन

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १ । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैशाखका लागि तोेकिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । उनले निर्वाचनलाई कुनै ताकतले रोक्न नसक्ने समेत दावी गरे । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आज ९शनिबार० बुटवलमा आयोजना गरेको जनसभामा महासचिव पौडेलले निर्वाचन बैशाख १७ र २७ गते नै हुने ठोकुवा गरे । ‘मानिसहरुमा चुनाव हुँदैन कि भन्ने भ्रम छ,’ उनले भने, ‘बैशाखको १७ गते चुनाव हुन्छ, बैशाखको २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै ताकतले यो चुनावलाई रोक्न सक्दैन ।’ जनसभामा उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे । महासचिव पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु किनारा लाग्दैमा पार्टीमा खासै फरक नपर्ने बताएका छन् । उनले पार्टीले निर्वाचनबाट बहुमत प्राप्त गर्ने र पुनः एक कार्यकाल केपी ओलीले सरकार...